इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो लिभरपुल

आश्विन ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो लिभरपुल

काठमाडौं । लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा बर्नमथमाथि ३-० गोल अन्तरको सहज जित हासिल गर्दै लिभरपुल शीर्ष स्थानमा पुगेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे । लिभरपुलले चारै गोल पहिलो हाफमा गरेको थियो । २६औं मिनेटमा डियाजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेटपछि डियाजले नै व्याक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल २-० ले अघि रहृयो । ३७ औं मिनेटमा नुनेजले तेस्रो गोल थपे । दोस्रो हाफमा दुबै टिमबाट गोल हुन सकेन ।

यससँगै लिभरपुल १२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । पराजित बर्नमथ ५ खेलमा ५ अंक सहित १३ औं स्थानमा छ । ४ खेलमा साविक विजेता म्यान्चेस्टर सिटीको १२ अंक रहेपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । तेस्रो स्थानको एस्टन भिल्लाको पनि १२ अंक छ । अन्य खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेससँग गोलरहित बराबरी खेल्यो ।

एस्टन भिल्लाले उल्भ्सलाई ३-१ ले पराजित गर्दा टोटनहमले ब्रेन्टफोर्डलाई ३-१, फुलहमले न्युकासल युनाइटेडलाई ३-१ र चेल्सीले वेस्ट ह्यामलाई ३-० ले पराजित गर्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement