जबरजस्ती करणीको आरोपमा रुपन्देहीबाट चार जना भारतीय र दुई नेपाली पक्राउ

आश्विन ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
जबरजस्ती करणीको आरोपमा रुपन्देहीबाट चार जना भारतीय र दुई नेपाली पक्राउ

रुपन्देही । जबरजस्ती करणीको आरोपमा रुपन्देही प्रहरीले चार जना भारतीय र दुई नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

गएको असोज तीन गते भैरहवामा रहेको होटेल अरोमामा भारत महाराजगञ्ज जिल्लाकी २१ वर्षीय युवतीलाई उनकै साथीहरुले सामूहिक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

पीडित युवतीले दिएको जाहेरीका आधारमा गत बिहीबार नै प्रहरीले होटेलबाटै उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्लाका ३१ वर्षीय अत्तर खाँन सोही ठाउँकै ३७ वर्षीय अफरोज समी, वर्ष २७ का सालु खान र गोरखपुर जिल्लाका २७ वर्षीय बब्लु खाँन रहेका छन् ।

त्यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिकाका वर्ष २५का अकबर खाँन र ३२ वर्षीय साहरुख तेलीलाई समेत प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो । पक्राउ परेकालाई शुक्रबार जिल्ला अदालत रुपन्देहीमा पेस गरी अनुसन्धानका लागि सात दिनको म्यादथप गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement