स्पेनी ला लिगामा रियाल मड्रिडले उत्कृष्ट पुनरागमन जित

आश्विन ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्पेनी ला लिगामा रियाल मड्रिडले उत्कृष्ट पुनरागमन जित

काठमाडौं । स्पेनी ला लिगामा रियाल मड्रिडले उत्कृष्ट पुनरागमन जित हासिल गरेको छ ।

इस्पनयोलविरुद्ध एक गोलले पछि परेको अवस्थाबाट पुनारगमन गर्दै रियालले ४-१ गोल अन्तरको सहज जित हात पारेको हो । पहिलो हाफको गोलरहित बराबारीमा सकिएको खेलमा थिबो कोट्वाकोले आत्मघाती गोल गरेपछि इस्पनयोलले उपहार गोल मार्फत अग्रता बनाएको थियो । तर ५८ औं मिनेटमा डानी काराभाजलले बराबरी गोल फर्काए ।

७५ औं मिनेटमा रोड्री र त्यसको २ मिनेटपछि भिनिसियस जुनियर र गोल गरे । १९ औं मिनेटमा केयलिन एम्बापेले पेनाल्टीमा गोल गरे । एम्बापेका लागि लिगका पछिल्ला तीन खेलमा यो चौथो गोल थियो । जितपछि रियालको ६ खेलबाट १४ अंक छ । लिगमा अपराजित रियाल दोस्रो स्थानमा छ । इस्पनयोल समान खेलमा ७ अंकसहित १३ औं स्थानमा छ ।

अन्य खेलमा भ्यालेन्सियाले जिरोनालाई २-० र ओसासुनाले लास पाल्मासलाई २-१ ले हरायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement