काभ्रेबाट २६ कार्टुन अवैध पटका बरामद, ट्रकका चालक फरार

आश्विन ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रेबाट २६ कार्टुन अवैध पटका बरामद, ट्रकका चालक फरार

काभ्रे । जिल्लाको विपी राजमार्ग स्थित धुलिखेल नगर पालिका वडा नम्बर ९ र ११ मा चेकजाचको क्रममा २६ कार्टुन पटका बरामद गरेको छ ।

धुलिखेल नगरपालिका ९ र ११ को सिमाना काभ्रेभञ्ज्याङ विपी राजमार्ग सडक खण्डमा नियमित चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा सिराहबाट भुस्सा लोड गरी काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ७१७९ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा भुस्साभित्र अवैध रुपमा लुकाई छिपाई ल्याएको २६ कार्टुन पटका फेला पारी ट्रकसहित पटाका नियन्त्रणमा लिएको काभ्रे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ट्रक चालक फरार रहेकोमा खोजतलास जारी रहेको छ भने थप अनुसन्धान कार्य भैरहेको छ । काभ्रे प्रहरीका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार बरामद गरिएको कार्टुनमा ‘जोकर’ लेखिएको पटका ५ पाँच काटुन (प्रति कार्टुनमा ८० प्याकेटको दरले जम्मा ४०० प्याकेट) बरामद गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement