पाकिस्तान भारतसँग सिन्धु जल सम्झौताका विषयमा छलफल गर्न तयार

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तान भारतसँग सिन्धु जल सम्झौताका विषयमा छलफल गर्न तयार

काठमाडौं । पाकिस्तानले सिन्धु जल सम्झौताका विषयमा भारतसँग छलफल गर्न तयार रहेको जनाएको छ । ६४ वर्षअघि भएको उक्त सम्झौता पुनरावलोकनका लागि भारतले पठाएको प्रस्तावमा पाकिस्तानले छलफलका लागि तयार रहेको जनाएको हो ।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले नियमित पत्रकार सम्मेलनमा उक्त सम्झौता निकै महत्वपूर्ण रहेको बताउनुभएको हो । उहाँले सम्झौताका प्रावधानलाई भारतले पनि स्वीकार गर्ने आशा पाकिस्तानले राखेको समेत स्पष्ट पार्नुभएको छ । सम्झौतामा थप पुनरावलोकन गर्नुपर्ने भन्दै भारत सरकारले गत अगस्ट ३० मा पाकिस्तानलाई पत्र पठाएको थियो ।

यसमा पाकिस्तानले सन् १९६० मा भएको सन्धीअन्तर्गत नै आवश्यक छलफल गर्न सक्ने भन्दै प्रतिक्रिया दिएको बताइएको छ । भारत र पाकिस्तानले सन् १९६० को सेप्टेम्बर १९ मा सिन्धु जल सन्धीमा हस्ताक्षर गरेका थिए । 

उक्त सन्धी अनुसार तीन नदी चेनाब, झेलम र सिन्धुको पानीमा पाकिस्तानको अधिकार छ भने सतलज, ब्यास र रावी नदीको पानीमा भारतको पूर्ण अधिकार छ । पछिल्लो डेढ वर्षमा भारतले पाकिस्तानलाई पानी सन्धी पुनरावलोकन गर्न सूचना दिएको यो दोस्रो पटक हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement