इजरायलद्वारा दक्षिणी लेबनानमा हालसम्मकै ठूलो हवाइ आक्रमण

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलद्वारा दक्षिणी लेबनानमा हालसम्मकै ठूलो हवाइ आक्रमण

काठमाडौं । इजरायली सेनाले दक्षिणी लेबनानमा हिज्जबुल्लाहको शैन्य केन्द्र र आतङ्क फैलाउने पूर्वाधारहरु ध्वस्त पारेको जनाएको छ।

इजरायली डिफेन्स फोर्सेसका अनुसार इजरायली एयर फोर्सले कम्तिमा एक सय लन्चरहरु र त्यसबाहेकका अन्य आतङ्क फैलाउने पूर्वाधारहरु ध्वस्त पारेको हो । जसमा करिब एक सय ब्यारलहरु इजरायल माथि आक्रमणका लागि तयारी अवस्थामा राखिएका थिए।

लेबनानको समाचार संस्था एन एन एका अनुसार इजरायलले दक्षिणी लेबनानमा ५२ भन्दा बढी हवाई हमला गरेको हो र यो हमला गत अक्टोबरमा सुरु भएको युद्धदेखिकै सबैभन्दा ठुलो रहेको बताइएको छ।

हमलाबाट के कति क्षति भयो अहिलेसम्म जानकारी आइसकेको छैन। अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको हमलाको भोलिपल्ट हेज्बोल्लाहले इजरायलमाथि मिसायल प्रहार गरेको थियो जसले त्यस क्षेत्रमा युद्ध झनै बल्झाएको छ ।

युद्धग्रस्त क्षेत्रबाट अहिलेसम्म दशौं हजारलाई स्थानान्तरण गरिसकिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement