रौतहटमा छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
रौतहटमा छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु

रौतहट । बिहीबार राती छुट्टाछुट्टै स्थानमा दुर्घटनामा परि रौतहटमा दुई जनाको मृत्यु भएको हो ।

रौतहटको गरुंडा नगरपालिका-४ चन्द्रपुर-गौर सडक खण्डमा सानो सवारीसाधन (मयुरी)ले पैदल यात्रुलाई ठक्कर दिदाँ गम्भीर घाइते भएका थिए ।

ठक्करबाट गम्भीर घाइते भएका गरुंडा नगरपालिका-४ का राम साह रौनियारलाई सामान्य उपचार पछी विरगंज रिफर गरिएको थियो । विरगंज लैजाने क्रममा गम्भीर घाइते भएका रौनियारको बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाले जानएको छ ।

ठक्कर दिने म.प्र.०३ ००१ ह ३४१४ नम्बरको मयुरी र चालक लाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । त्त्यस्तै ज़िल्लाको कटहरिया बजार देखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा कटहरिया नगरपालिका-९ डुमरीयाका रामजनम पासवानको मृत्यु भएको छ ।

बाराको सिसवा सोनाहा जाँदै गर्दा पासवानको दुर्घटनामा मृत्यु भएको हो । पासवान सवार मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुंडाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement