लेबनानमा ताररहित सञ्चार उपकरण विस्फोटमा कम्तीमा २० जनाको मृत्यु

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
लेबनानमा ताररहित सञ्चार उपकरण विस्फोटमा कम्तीमा २० जनाको मृत्यु

काठमाडौं । लेबनानमा ताररहित सञ्चार उपकरणहरूमा भएको विस्फोटको दोस्रो लहरबाट कम्तीमा २० जनाको मृत्यु भएको र ४ सय ५० भन्दा बढी घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सशस्त्र समूह हिज्बुल्लाहले प्रयोग गर्ने गरेको वाकी-टकीहरू राजधानी बेरुतको दक्षिणी उपनगरहरू, बेका उपत्यका र दक्षिणी लेबनानमा बुधबार विस्फोट हुँदा २० जनाको मृत्यु भएको हो ।

मङ्गलबार हिज्बुल्लाह सदस्यहरूको पेजरहरू विस्फोट हुँदा १२ जनाको मृत्यु भएको थियो । हिजबुल्लाहले उक्त हमलाको लागि इजरायललाई दोष दिएको थियो। इजरायलले भने यसमाथि कुनै टिप्पणी गरेको छैन।

हिजबुल्लाहको मिडिया कार्यालयले बुधबार दोस्रो विष्फोटपछि १६ वर्षीय बालकसहित १३ जना लडाकुको मृत्यु भएको घोषणा गरेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement