इंग्ल्यान्ड विरुद्धको एकदिवसीय सिरिजमा अष्ट्रेलियाको विजयी सुरुवात

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्ल्यान्ड विरुद्धको एकदिवसीय सिरिजमा अष्ट्रेलियाको विजयी सुरुवात

काठमाडौं । अष्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा विजयी सुरु गरेको छ ।

ट्राभिस हेडको शतक र मार्नस लाबुसचेनले अर्धशतकको मद्दतमा अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो । जितसंगै अष्ट्रेलियाले सिरिजमा १-० को अग्रता लिएको छ ।

नटिङ्घममा टस जितेर पहिले ब्याटिङमा आएको इंग्ल्यान्डले ४९ ओभर ४ बलमा ३ अल आउट हुँदै सय १५ रन बनाएर आउट भएको थियो । इंग्ल्यान्डले ३२ ओभरमा दुई विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । तर घरेलु टोलीले उत्कृष्ट सुरुवातको फाइदा उठाउन सकेन ।

बेन डकेटले ९५ रनको इनिङ खेले । विल ज्याकले ६२ रनको अर्धशतकीय योगदान दिए । कप्तान हृयारी ब्रुकले ३९ र ज्याकब बेथेलले ३५ रन बनाए । अष्ट्रेलियाका लागि एडम जाम्पा र मार्नस लाबुस्चेनले ३-३ विकेट लिए । ट्राभिस हेडले दुई विकेट हात पारे ।

विश्व च्याम्पियन अष्ट्रेलियाले ३ सय १६ रनको लक्ष्य ४४ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा ट्राभिस हेडले १ सय २९ बलमा १ सय ५४ रनको सानदार शतकिय योगदान दिए । मार्नस लाबुस्चेनले ७७ रन जोडे । चौथो विकेटका लागी यो जोडीले अविजित शतकीय साझेदारी गरे ।

इंग्ल्यान्डका म्याथ्यू पोट्स, लियाम लिभिङस्टोन, र याकूब बेथेलले १-१ विकेट लिए । दुई देशबीचको दोस्रो खेल भोली खेलिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement