युएफा च्याम्पियन्स लिग : बार्सिलोनामाथि मोनाकोको जित

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
युएफा च्याम्पियन्स लिग : बार्सिलोनामाथि मोनाकोको जित

काठमाडौं । नाइजेरियाका स्ट्राइकर जर्ज इलेनिखेनाले युएफा च्याम्पियन्स लिगको डेब्यु खेलमा गोल गरेपछि मोनाकोले १० खेलाडीमा सीमित बार्सिलोनालाई पराजित गरेको छ ।

स्पेनिस क्लब बार्सिलोनालाई २-१ ले हराउँदै मोनाकोले च्याम्पियन्स लिगमा स्मरणीय पुनरागमन गरेको हो । फ्रेन्च टोली मोनाको पाँच वर्षपछि च्याम्पियन्स लिगमा कुनै खेल जित्न सफल भयो । यसअघि मोनाको युरोपियन कप र च्याम्पियन्स लिगको इतिहासमा १४ खेलहरुमा जितबिहीन थियो । यो फ्रेन्च टोलीका लागि सबैभन्दा लामो जितबिहीन यात्रा हो ।

स्टेड लुइस स्टेडियममा बार्सिलोनाले खराव सुरुवात गर्यो । १० औं मिनेटमा एरिक गार्सियालाई सिधै रातो कार्ड देखाइएपछि बाँकी समय बार्सिलोना १० खेलाडीमा सीमित भयो । गार्सियाले ताकुमी मिनामिनोमाथि फाउल गरेका थिए ।

त्यसको ६ मिनेटपछि म्याग्नेस अक्लिउचेले घरेलु टोलीलाई अग्रता दिलाए । उनको लोसट बार्सिलोजनका गोलरक्षक टेर स्टेगेनले रोक्न सकेनन् ।

तर, बार्सिलोनाले २८औं मिनेटमा बराबरी गोल फर्कायो । लमिन यमालले गोल गरे । यमाल च्याम्पियन्स लिगमा गोल गर्ने दोस्रो सबैभन्दा कान्छो खेलाडी बने । उनले १७ बर्ष ६८ दिनको उमेरमा गोल गरेका हुन् । बार्सिलोनाकै अन्सु फातीले १७ बर्ष ४० दिनको उमेरमा गोल गरेका छन् ।

७१ औं मिनेटमा मोनाकोले अर्को गोल थप्यो । सब्सिटच्युट खेलाडी जर्ज इलेनिखेनाले गोल गरे । नाइजेरियन युवा स्ट्राइकरको गोलसंगै मोनाको पाँच वर्षमा पहिलो पटक च्याम्पियन्स लिगमा खेल जित्न सफल भयो । इलेनिखेना च्याम्पियन्स लिगमा मोनाकोका लागि गोल गर्ने कान्छो खेलाडी बने । १८ बर्ष ३४ दिनको उमेरमा गोल गरेका उनले केलियन एमबाप्पेले बनाएको अघिल्लो रेकर्ड तोडेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement