इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
 इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु

काठमाडौं । गाजामा कम्तिमा ३५ जनाको ज्यान जाने गरी भएको बमबारीको एक दिनपछि इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु भएको छ ।

उता जेनेभामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघीय अधिकार विज्ञहरूले इजरायलले गाजामा जारी राखेको "नरसंहार"का कारण उ अन्तरराष्ट्रिय समाजबाट बाहिरिने चेतावनी दिएका छन् ।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तीन दिने भ्रमणकालागि मंगलबार इजिप्ट पुग्दै हुनुहुन्छ । इजिप्टको तीन दिने भ्रमणको क्रममा ब्लिन्केनले गाजामा युद्धविरामकालागि जारी प्रयासहरूबारे छलफल गर्ने बताइएकोछ । इजिप्ट-गाजा सीमामा रहेको "फिलाडेल्फी करिडोर" इजरायली सेनाको नियन्त्रणमै रहने वा नरहने विषय वार्ताको एउटा महत्वपूर्ण मुद्दा बन्दै आएकोछ ।

इजरायलले गाजामा जारी राखेको युद्धमा ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढी घाइते भएका छन् ।

गतवर्षको अक्टोबर ७ मा हमासको नेतृत्वमा दक्षिणी इजरायलमा गरिएको आक्रमणमा करीब १२ सय मारिएका थिए भने दुइ सय ५१ जनालाइ बन्धक बनाइएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement