यूएफा च्याम्पियन्स लिग : सिटी र इन्टर मिलानको गोलरहित बराबरी

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
यूएफा च्याम्पियन्स लिग : सिटी र इन्टर मिलानको गोलरहित बराबरी

काठमाडौं । म्यानचेस्टर सिटीले यूएफा च्याम्पियन्स लिग-२०२४ को आफ्नो पहिलो खेलमा इन्टर मिलानसँग गोलरहित बराबरी खेलेको छ ।

इतिहाडमा भएको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि १-१ अंक बाँडे। बोरुसिया डर्टमन्डले ब्रुगलाई ३-० ले पराजित गर्‍यो ।

डर्टमन्डको जितमा जितेन्सले दुई गोल गरे । अर्को खेलमा सेल्टिकले स्लोभान ब्राटिस्लाभामाथि ५-१ को प्रभावशाली जित हासिल गर्‍यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement