यूएफा च्याम्पियन्स लिगमा पीएसजीको विजयी सुरुवात

आश्विन ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
 यूएफा च्याम्पियन्स लिगमा पीएसजीको विजयी सुरुवात

काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन पीएसजीले यूएफा च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।

गएराति घरेलु मैदान पार्क डेस प्रिन्सेसमा स्पेनिस क्लब जिरोनालाई १-० गोल अन्तरले पराजित गर्दै पीएसजीले विजयी सुरुवात गरेको हो । जिरोनाका गोलकिपर पाउलो गज्जानिगाले अन्तिम समयमा गल्ती गरेपछि पीएसजीले बाजी मारेको हो ।

बराबरी उन्मुख खेलको ९० औं मिनेटमा जिरोनाले आत्माघाती गोल बेहोर्यो । पोर्चुगलका लेफ्ट ब्याक नुनो मेन्डेसले जिरोनाका गोलकिपर पाउलो गज्जानिगालाई टाइड एङगलबाट गरेको पासमा किपरले ठूलो गल्ती गरे ।

गज्जानिगाले आफ्नो हातबाट बललाई पोस्टको दिशा दिए पछि जिरोनाले आत्माघाती गोल बेहोर्यो । यो उपहार गोल नै पीएसजीलाई जित दिलाउन प्रयाप्त भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement