अतिरिक्त समयमा गरिएको काममाथि लगाउँदै आएको कर हटाउने ट्रम्पको घोषणा

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
 अतिरिक्त समयमा गरिएको काममाथि लगाउँदै आएको कर हटाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पले नोभेम्बर ५ मा हुने निर्वाचनबाट आफू राष्ट्रपति निर्वाचित भए अतिरिक्त समयमा गरिएको काममाथि लगाइँदै आइएको कर हटाउने प्रतिबद्धता जनाउनु भएको छ ।

एरिजोना राज्यको ट्युसन सहरमा आयोजित एक सभालाई सम्बोधन गर्दै ट्रम्पले अतिरिक्त कर कटानको नीति अन्तर्गत सम्पूर्ण अतिरिक्त समय गरिएको काममाथि लगाइने कर हटाउने प्रतिबद्धता जनाउनु भएको हो । यो घोषणा धेरै निम्न र मध्यम वर्गीय अमेरिकी नागरिकको मत जित्न गरिएको विश्लेषकहरुले जनाएका छन् ।

नोभेम्बर ५ मा हुने निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्पले वर्तमान उपराष्ट्रपति कमला ह्यारिसको सामना गर्दैहुनुहुन्छ । यही मंगलबार भएको राष्ट्रपतीय बहसमा ह्यारिसले ट्रम्पलाइ निकै दबाबमा राख्नु भएको थियो । यसैबीच ट्रम्पले ह्यारिससँग थप अर्को बहस नगर्ने बताउनु भएको अन्तरराष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।

ट्रम्प र ह्यारिसबीचको प्रतिष्पर्धा निकै कडा हुने आँकलन गरिएको छ भने दुवै उम्मेदवार आफ्नो मत बढाउने कसरतमा लागिपरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement