भारतको आगरा-अलिगढ राजमार्गमा बस र भ्यान एक आपसमा ठोक्किँदा १५ जनाको मृत्यु, १४ जना घाइते

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको आगरा-अलिगढ राजमार्गमा बस र भ्यान एक आपसमा ठोक्किँदा १५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको हाथरसस्थित आगरा-अलिगढ राजमार्गमा बस र भ्यान ठोक्किँदा चार बालबालिका र चार महिलासहित १५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

मलामीबाट फर्किरहेका करिब ३० जना चढेको भ्यानले एक गाडीलाई ओभरटेक गर्ने क्रममा बससँग ठोक्किन पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा ज्यान गुमाएकाहरूको सनाखत भइरहेको हाथरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले सञ्चारकर्मीलाई जानकारी दिनुभएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेहरूको उचित उपचार गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले हाथरसमा दुर्घटना अत्यन्त पीडादायी भएको उल्लेख गर्दै दुर्घटनामा ज्यान गुमाएका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट जनही २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । साथै घाइतेलाई ५० हजार रुपैयाँ दिइनेसमेत उहाँले बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement