सामसुङ इलेक्ट्रोनिक्स प्लान्टका १०४ कमदार भारतीय प्रहरीको हिरासतमा

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
सामसुङ इलेक्ट्रोनिक्स प्लान्टका १०४ कमदार भारतीय प्रहरीको हिरासतमा

काठमाडौं । भारतीय प्रहरीले दक्षिणी भारतमा रहेको सामसुङ इलेक्ट्रोनिक्स प्लान्टका कामदारहरुले अनुमतिविनै पुनः प्रदर्शन र हड्ताल गर्न योजना बनाएको आरोपमा एक सय चार जनालाई पक्राउ गरेको छ ।

त्यहाँको स्थानीय प्रहरी अधिकारीले आज सामसुङ इलेक्ट्रोनिक्स प्लान्टका एक सय चार जनालाई पक्राउ गरेको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस क्षेत्रमा स्कुल, कलेज र अस्पतालहरू भएकाले अनुमति नदिएपनि कामदारहरुले जबरजस्ती प्रदर्शन गर्ने योजना बनाएको कारण उनीहरुलाई हिरासतमा लिइएको कञ्चीपुरम जिल्लाका वरिष्ठ प्रहरी अधिकारी के शन्मुगमले बताउनुभएको रोयटर्सले जनाएको छ ।

प्रहरीले कामदारलाई हिरासतमा लिएपछि तमिलनाडु राज्यको चेन्नई शहर नजिकैको सामसुङ गृह उपकरण प्लान्टमा पुनः कामदारहरूले गरेको हडताललाई निरन्तरता दिएको बताइएको छ ।

विगत सात दिनदेखि सामसुङ इलेक्ट्रोनिक्स प्लान्टका कामदारहरुले उच्च ज्यालाको माग गर्दै प्रदर्शन र हड्ताल गरिरहेका छन् । हड्तालका कारण कम्पनीको उत्पादनमा अवरोध भइरहेको कम्पनीको गुनासो छ । सामसुङको वार्षिक १२ अर्ब डलरको भारतको राजस्वको झन्डै एक तिहाइ योगदान भने गरिरहेको बताइएको छ ।

सामसुङ बाहिरी श्रमिक समूहद्वारा समर्थित कुनै युनियनलाई मान्यता दिन इच्छुक नरहेको बताइएको छ । सामसुङले गत शुक्रबार चेन्नई प्लान्टमा आफ्ना कामदारहरूसँग सबै समस्याहरू चाँडै समाधान गर्न छलफल सुरु गरेपनि कुनै निश्कर्ष भने ननिस्किएको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement