इजरायलको पछिल्लो आक्रमणमा परी गाजामा २६ जनाको मृत्यु

बस्ती केन्द्रीत आक्रमण गरेको गाजाका विदेशमन्त्रीको आरोप
बन्धक रिहाइको दबाब दिँदै इजरायलमा प्रदर्शन
भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलको पछिल्लो आक्रमणमा परी गाजामा २६ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा २६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये पाँच जना विस्थापितका लागि बनाइएको आश्रयस्थलमा बसेकाहरु हुन् ।

इजरायली सेनाले प्यालेस्टाइनीहरूलाई उत्तरी गाजाको बेट लाहियाका केही भाग छोड्न आदेश दिएको छ । प्यालेस्टाइनी विदेश मन्त्रालयले गाजाका बासिन्दालाई विस्थापित गरी इजरायलले आफ्नो वस्ती बनाउने प्रयास गरेको आरोप लगाएको छ ।

यता हजारौं इजरायलीले तेल अविभमा प्रदर्शन गरेका छन् । हमासले बन्दी बनाएकाहरुलाई रिहाइको सम्झौता गर्न सरकारलाई दबाब दिँदै इजरायलीले प्रदर्शन गरेका हुन् । इजरायल–गाजा युद्धमा अहिलेसम्म ४१ हजार १ सय ८२ जनाको मृत्यु भइसकेको छ । युद्धमा ९५ हजार २ सय ८० जना घाइते भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement