अमेरिकी पूर्वराष्ट्रपति डनल्ड ट्रम्पको हत्या प्रयास

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी पूर्वराष्ट्रपति डनल्ड ट्रम्पको हत्या प्रयास

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डनल्ड ट्रम्प फ्लोरिडा गोल्फ कोर्समा भएको सम्भावित हत्या प्रयासबाट सुरक्षित रहेको र एक जना सम्भावित आक्रमणकारी हिरासतमा रहेको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन् ।

अधिकारीहरूका अनुसार गुप्तचर सेवा एफबीआइका एक जना एजेन्टले गोल्फ कोर्समा रहेको झाडीबाट एउटा राइफलको नाल बाहिर निस्किरहेको देखेपछि गोली प्रहार गरेका थिए । ट्रम्प त्यतिबेला सो झाडीबाट करीब २७५ देखि ४५५ मिटर टाढा रहनु भएको थियो ।

गोली प्रहारपछि प्रत्यक्षदर्शीहरुले एक जना व्यक्ति कालो निशान गाडीमा भागिरहेको देखेका थिए । पछि सुरक्षा अधिकारीहरुले उक्त व्यक्तिलाइ आफ्नो नियन्त्रणमा लिएका थिए ।

आफ्ना समर्थकहरूलाई पठाएको इमेलमा ट्रम्पले आफू सुरक्षित र राम्रो रहेको बताउनु भएको छ । पेन्सिल्भेनियाको एक र्‍यालीमा एक जना बन्दुकधारीले ट्रम्पको हत्या गर्ने प्रयास गरेको लगभग दुई महिनापछि यो घटना भएको हो।

ह्वाइट हाउसले राष्ट्रपति जो बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई घटनाबारे जानकारी गराइएको बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement