पाकिस्तानमा दुई आदिवासी समूहबीच झडप हुँदा कम्तिमा ३० जनाको मृत्यु

श्रावण १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानमा दुई आदिवासी समूहबीच झडप हुँदा कम्तिमा ३० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको खैबर पख्तुनख्वाको कुर्रम जिल्लामा दुई आदिवासी समूहबीच भूमिको विषयलाई लिएर भएको झडपमा कम्तिमा ३० जनाको मृत्यु भएको छ । झडपमा १ सय ४५ जना घाइते भएका छन् ।

माथिल्लो कुर्रम जिल्लाको बोसेरा गाउँमा भूमिसम्बन्धी विषयलाई लिएर दुई आदिवासी समूहबीच पाँच दिन अघि झडप भएको थियो । सोही झडपले निरन्तरता पाउँदा ३० जनाको मृत्यु भएको हो ।

यो गाउँमा यसअघि पनि जनजाति र धार्मिक समूहहरू पटक-पटक घातक झडप हुँदै आएको थियो । झडपका कारण यो जिल्लाका शैक्षिक संस्था प्रभावित भएका छन् । अध्ययन अध्यापन बन्द गरिएको छ । स्थानीय बजार समेत प्रभावित भएको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.