अमेरिकी राष्ट्रपतिका उम्मेदवार डनल्ड ट्रम्पसँग इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भेट

हमाससँगको जारी युद्धलाई अन्त्य गर्ने नेतन्याहूको प्रतिबद्धता
श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी राष्ट्रपतिका उम्मेदवार डनल्ड ट्रम्पसँग इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भेट

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पसँग इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भेटवार्ता गर्नुभएको छ । फ्लोरिडास्थित ट्रम्पको मार–ए–लागो रिसोर्टमा दुई नेताबीच भेटवार्ता भएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडन र उपराष्ट्रिपति कमला ह्यारिससँग भेट गरेको एक दिनपछि नेतन्याहूले रिपब्लिकन उम्मेदवार ट्रम्पसँग भेटवार्ता गर्नुभएको हो ।

ट्रम्पसँग रिसोर्टमा भएको वार्ताका क्रममा नेतन्याहूले हमाससँगको जारी युद्धलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेतन्याहूले हमास युद्ध अन्त्य गर्न आफ्ना डेलिगेटलाई इटलीको रोम पठाउने विषयमा ट्रम्पलाई आश्वासन दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आगामी आइतबारबाट इटलीको रोममा नयाँ तवरबाट इजरायल–हमासबीचको युद्ध अन्त्य गर्न विषयमा वार्ता हुने भएको छ । अमेरिकाले पनि सो वार्तामा आफ्ना प्रतिनिधि पठाउन भएको छ । एक दिन अघि नेतन्याहूलाई उपराष्ट्रपति ह्यारिसले युद्ध अन्त्य गर्ने समय भएको बताउँदै युद्ध अन्त्य गर्न पहल नगरे आफू चुप लगाएर नबस्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उक्त विषयमा ट्रम्पले ह्यारिसको आलोचना समेत गर्नुभएको थियो ।

ट्रम्पसँगको वार्तामा नेतन्याहूले हमाससँगको युद्धका लागि विगतमा पहल भए पनि सैन्य दबाबका कारण आफूहरु पछि हटेको स्पष्ट पार्नुभएको थियो । ट्रम्पले भने आफू पुनः ह्वाइट हाउस फर्केमा हमाससँगको युद्ध अन्त्य गर्न पहल गर्ने शान्ति स्थापना गर्ने विषयमा नेतन्याहूलाई आश्वासन दिनुभएको छ ।

ट्रम्पले नेतन्याहूसँगको सम्बन्ध सदैव राम्रो रहेको र आफूले इजरायलको लागि गरेको काम कुनै पनि अमेरिकी राष्ट्रपतिले नगरेको स्पष्ट पार्नुभएको छ । आगामी दिनका लागि इजरायल र मध्यपूर्वका लागि ट्रम्प प्रशासनसँग थुप्रै योजना रहेको समेत ट्रम्पले नेतन्याहूलाई बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement