अन्तरिक्ष यात्रीहरुहरु सुनिता र बुथलाई अन्तरिक्ष केन्द्रमै छाडेर फर्कियो 'स्टार लाइनर' यान

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अन्तरिक्ष यात्रीहरुहरु सुनिता र बुथलाई अन्तरिक्ष केन्द्रमै छाडेर फर्कियो 'स्टार लाइनर' यान

काठमाडौं । बोइङको अन्तरिक्ष यान 'स्टार लाइनर' अन्तरिक्ष यात्रीहरु सुनिता विलियम्स र बुथ विल्मोरलाई अन्तरिक्ष केन्द्रमै छाडेर पृथ्वीमा फर्किएको छ ।

८ दिनको मिसनमा गए पनि यानमा प्राविधिक समस्या देखिएपछि दुई अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमै छाडेर स्टारलाइनर फर्किएको हो । यानको क्याप्सुलमा प्राविधिक गडबडी भएपछि पृथ्वीमा ल्याउनु जोखिमपूर्ण भएपछि उनीहरु अर्को वर्षसम्म पृथ्वीमा फर्कने नासाले जनाएको छ । दुवैलाई स्पेसएक्सको स्पेसक्राफ्ट 'क्रु ड्र्यागन' मार्फत अर्को वर्ष फेब्रुअरीसम्म पृथ्वीमा ल्याइने बताइएको छ। सुनिता र बुथलाई जुन ५ मा अन्तरिक्ष केन्द्रमा पठाइएको थियो ।

स्टारलाइनरले पृथ्वीमा फर्किन ६ घण्टाको यात्रा गर्नुपरेको थियो । पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि यस अन्तरिक्ष यानको गति कम गर्न प्यारासुटको प्रयोग गरिएको थियो । स्टारलाइनर अमेरिकी राज्य न्यू मेक्सिकोको ह्वाइट स्यान्ड स्पेस हार्बर (मरुभूमि) मा बिहान ९ बजेर ३२ मिनेटमा अवतरण भएको बताइएको छ ।

स्टारलाइनरको अवतरणपछि नासा र बोइङको टोलीले यसलाई एसेम्बली युनिटमा फिर्ता लैजाने र प्राविधिक जाँच गर्नेछन् । यो अन्तरिक्ष यान बोइङ कम्पनी नासासँगको सहकार्यमा निर्माण गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement