पोर्न स्टार डेनियलसँग सम्बन्धित मुद्दामा दोषी ठहर भएका ट्रम्पलाई राष्ट्रपतीय चुनावपछि मात्र सजाय सुनाइने

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोर्न स्टार डेनियलसँग सम्बन्धित मुद्दामा दोषी ठहर भएका ट्रम्पलाई राष्ट्रपतीय चुनावपछि मात्र सजाय सुनाइने

काठमाडौं । पोर्न स्टार स्टोर्मी डेनियलसँग सम्बन्धित मुद्दामा दोषी ठहर भएका रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पलाई राष्ट्रपति चुनावपछि मात्र सजाय सुनाइने भएको छ ।

मुद्दाको सुनुवाइ गरिरहेका न्युयोर्क अदालतका न्यायाधीश जुआन मर्चनले ट्रम्पको सजाय अगामी नोभेम्बर २६ मा सुनाइने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त मुद्दामा ट्रम्पलाई सेप्टेम्बर १८ मा सजाय सुनाइने थियो । तर, अमेरिकी चुनावलाई मध्यनजर अदाललते सजाय तोक्ने समय सारेको हो । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपति निर्वाचन हुँदैछ ।

आफूले सेप्टेम्बर १८ मै सजाय सुनाएको भए मानिसहरूले यसको उद्देश्य नोभेम्बरमा हुने निर्वाचनलाई प्रभाव पार्ने रहेको महसुस गर्ने भएकाले मिति सारिएको प्रतिक्रिया न्यायाधीश मार्चेनले दिनुभएको छ । साथै आफू ट्रम्पले राष्ट्रपति पदको उम्मेदवार भएका कारण यो मुद्दा अन्त्य गर्न सर्वोच्च अदालतसमक्ष माग गर्नुभएको छ ।

गत मे ३० मा, अदालतले ट्रम्पलाई पोर्न स्टार डेनियललाई मौन बस्न ठूलो रकम तिरेको र चुनावी अभियानको क्रममा व्यापारिक रेकर्डहरूको झुटो अभिलेख रोखेको आरोपमा ट्रम्प दोषी करार गरेको थियो । अमेरिकी इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपतिविरुद्ध फौजदारी मुद्दा लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement