इजरायली प्रधानमन्त्री नेतन्याहु र अमेरिकी राष्ट्रपति बाइडनबीच वासिङटनमा भेटवार्ता

गाजामा युद्धविरामको प्रयासलाई निरन्तरता दिनेबारे छलफल
श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायली प्रधानमन्त्री नेतन्याहु र अमेरिकी राष्ट्रपति बाइडनबीच वासिङटनमा भेटवार्ता

काठमाडौं । गाजामा युद्धविरामका विषयमा छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु बीच वासिङटनमा भेटवार्ता  भएको छ ।

युद्धविरामका लागि भएका प्रयास निरन्तर नहुँदा र पटक पटक रोकिदा संघर्ष विराम पर धकेलिएकप्रति दुवै नेताले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले युद्धविरामको प्रयासलाई निरन्तरता दिने बताएका छन् । त्यसका लागि सरोकारवाला सबैलाई आग्रह गर्नेमा पनि दुवै नेताले छलफल गरेका छन् । 

हमासको अक्टोबर ७ मा भएको हमलाको केही दिनपछि बाइडेनले इजरायलको यात्रा गरेपछि र अमेरिकी समर्थनको वाचा गरेपछि यी दुई नेताबीच पटक पटक युद्धविरामका विषयमा वार्ता भएको छ । 

यसैबीच अमेरिकी उपराष्ट्रपति कमला हृयारिससँग पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भेट भएको छ । नेतान्याहुसँगको भेटमा ह्यारिसले गाजामा भएको हताहतप्रति गम्भीर चिन्ता व्यक्त गरेकी थिइन् । 

हमासद्वारा सञ्चालित प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूका अनुसार गाजामा इजरायलले गरेको आक्रमणका कारण मानवीय संकट निम्तिएको छ । 

इजरायली प्रधानमन्त्रीले इजरायल-गाजा युद्धको नवौँ महिना हुँदा युद्ध अन्त्य गर्न स्वदेश र विदेशबाट निकै दबाबको सामना गर्नु परेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement