जलवायु परिवर्तनका अभियन्ता रनवेमा प्रवेश गरेपछि फ्याङ्कफर्ट विमानस्थलमा उडान स्थगित

सन् २०३० सम्ममा तेल, ग्यास र कोइलाको प्रयोग पूर्ण निषेध गर्न माग
श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
जलवायु परिवर्तनका अभियन्ता रनवेमा प्रवेश गरेपछि फ्याङ्कफर्ट विमानस्थलमा उडान स्थगित

काठमाडौं । जर्मनीको सबैभन्दा व्यस्त फ्याङ्कफर्ट विमानस्थलले तत्कालका लागि सबै उडान स्थगित गरेको छ । जलवायु परिवर्तनका अभियन्ताहरुले आज विमानस्थलको रनवेमा प्रवेश गरी आन्दोलनमा उत्रिएपछि विमानस्थलले उडान स्थगित गरेको हो ।

लास्ट जेनेरेसन नाम जलवायु अभियानकर्मीको एक समूहले ‘ओयल किल्स’ ब्यानर बोकेर विमानस्थलको रनवेमा प्रवेश गरी आन्दोलन गरेका कारण उडान रद्द गर्नुपरेको हो ।

विमानस्थलले सम्पूर्ण यात्रुलाई फ्लाइटको अवस्था बुझेर मात्र विमानस्थल आउन सुझाएको छ । लास्ट जेनेरेसन नाममा जलवायु अभियानकर्मीहरुले विज्ञप्ति जारी गर्दै विमानस्थलमा हवाई यातायात अवरुद्ध गरिरहेको जनाउँदै जर्मन सरकारले २०३० सम्ममा तेल, ग्यास र कोइलाको प्रयोगलाई पूर्ण निषेध गर्ने विश्वव्यापी सम्झौता गर्न माग गर्दै प्रदर्शन गरेको उल्लेख गरेको छ ।

आन्दोलनकारीको समूहले युरोप र उत्तर अमेरिकाका विभिन्न देशमा समान शान्तिपूर्ण विरोध गर्ने योजना बनाएको बताइएको छ ।

उनीहरुले यो आन्दोलनलाई हिजोदेखि नै निरन्तरता दिएको बताइएको छ । उनीहरुले हिजो जर्मनीकै कालोन बोन विमानस्थलको रनवेमा अनधिकृत रुपमा प्रवेश आन्दोलन गरेको थियो । उक्त आन्दोलनका कारण हिजो विमानस्थलको उडान र अवतरण केहीबेरका लागि रद्द गर्नुपरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement