दक्षिणी इथियोपियामा पहिरोमा परी मृत्यु हुनेको संख्या २२९ पुग्यो

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिणी इथियोपियामा पहिरोमा परी मृत्यु हुनेको संख्या २२९ पुग्यो

काठमाडौं । दक्षिणी इथियोपियामा दुईवटा पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय २९ पुगेको छ । खोजी कार्य दोस्रो दिन पनि जारी रहँदा मृतकको संख्या थप बढ्न सक्ने सरकारी अधिकारीले जनाएका छन् ।

भारी वर्षापछि दक्षिणी इथियोपिया क्षेत्रीय राज्यको गोफा क्षेत्रमा पहिरोले मानिसहरूलाई पुरेको थियो । उनीहरुको उद्धारमा खटेकाहरु पनि अर्को पहिरोमा परेका थिए । स्थानीय प्रशासनले सार्वजनिक गरेको भिडियोमा मानिसहरूले बेलचा र खाली हातले शव निकाल्ने प्रयास गरिरहेको देखाइएको छ ।

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले भयानक जीवनको क्षतिबाट आफूलाई गहिरो दुःख लागेको र विपद्को प्रभावलाई सम्बोधन गर्न संघीय अधिकारीहरू खटाइएको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement