अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिस उम्मेदवार बन्ने सम्भावना बलियो

क्यालिफोर्निया, मिसिगन, पेन्सलभेनिया र केन्टकीका गभर्नर पनि आकांक्षी
श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिस उम्मेदवार बन्ने सम्भावना बलियो

काठमाडौं । सिकागोमा हुने डेमोक्र्याटिक पार्टीको आगामी साधारण सभाबाट अमेरिकी उपरास्ट्रपति कमला ह्यारिस नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा रिपब्लिकन डनल्ड ट्रम्पसँग लड्न पार्टीबाट निर्विरोध उम्मेदवार चयन हुन सक्ने विश्लेषकहरूले बताएका छन् । राष्ट्रपति बाइडेनले चुनावी दौडबाट पछि हट्ने घोषणा गरेको २४ घण्टामा ह्यारिसको चुनावी टोलीले ८१ मिलियन अमेरिकी डलर चन्दा सङ्कलन गरिसकेको जनाएको छ जुन सो समय सीमामा सङ्कलन गरिएको २०२४ चुनावको सबै भन्दा ठुलो सङ्ख्या हो ।

घट्दो लोकप्रियता र स्वास्थ्य जस्तै विभिन्न कारणले गर्दा राष्ट्रपति बाइडेनले यस वर्षको चुनावी दौडबाट पछि हट्ने निर्णय गरेसँगै उपरास्ट्रपति कमला ह्यारिस डेमोक्र्याटिक पार्टीको साधारण सभाबाट निर्विरोध उम्मेदवार चयन हुन सक्ने सम्भावना बढेको छ । बाइडेनले चुनाब नलड्ने भए पछि आफ्नो समर्थन ह्यारिसलाइ हुने जनाइसकेका छन् भने ह्यारिसले पूर्व हाउस प्रवक्ता न्यान्सी पलोसी र सयौँ अन्य डेमोक्र्याटिक पार्टीको साधारण सभाका प्रतिनिधिहरुको समर्थन जुटाइसकेकी छिन् । 

यससँगै उनको चुनावी प्रचार टोलीले २४ घण्टाको समयमै ८१ मिलियन अमेरिकी डलर चन्दा सङ्कलन गरिसकेको जनाएको छ । रिपब्लिकन डनल्ड ट्रम्पलाई हराउन डेमोक्र्याटिक पार्टीले एक सर्वसम्मत उम्मेदवार चयन गर्दा सहज हुने अमेरिकन विश्वविद्यालयका अल्लन लिच्टम्यानले जनाएका छन् । 

पछिल्ला केही महिनाहरूमा राष्ट्रपति बाइडेनले झन्डै ४,००० डेमोक्र्याटिक प्रतिनिधिहरूको समर्थन पाएका थिए भने उनले चुनावी दौडबाट पछि हट्ने निर्णय गरे सँगै अब ती प्रतिनिधिहरूको भोट डेमोक्र्याटिक पार्टी भित्र कसलाई जान सक्छ भन्ने निश्चित छैन । पार्टी भित्रै ह्यारिसको प्रतिद्वन्द्वीका रुपमा क्यलिफर्नियाका गभर्नर ग्याभिन न्युसम, मिसिगनका गवर्नर ग्रेचेन व्हीटमार, पेन्सिलभेनिया गभर्नर जश शपिरो, केन्टकी गभर्नर एन्डी बशियर र इलानोई गभर्नर जे बि प्रित्ज्करलाइ हेरिएको छ । 

डेमोक्र्याटिक पार्टी भित्र अर्को समस्या बाइडेनले मे महिना सम्म जम्मा गरेको ९१ मिलियन डलरको चुनावी छन्द पनि हो । विश्लेषकहरुका अनुसार सो छन्द मात्र ह्यारिसले प्रयोग गर्न सक्नेछिन् जो डेमोक्र्याटिक पार्टीभित्रका अन्य प्रत्याशीहरूका लागि बेफाइदा हुनेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.