बंगलादेशमा आरक्षण कटौती गरे पनि कर्फ्यू अझै जारी

श्रावण ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
बंगलादेशमा आरक्षण कटौती गरे पनि कर्फ्यू अझै जारी

काठमाडौं । बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरमा स्वतन्त्र सेनानीका परिवारलाई दिइएको ३० प्रतिशत आरक्षण पाँच प्रतिशतमा झार्न आदेश दिए पनि त्यहाँ कर्फ्यू जारी छ ।

कर्फ्यूका बीच आज बांगलादेशमा माहोल भने शान्त देखिएको छ । सर्वोच्चले हिजो आरक्षण ५ प्रतिशतमै सिमित गरेको थियो । गत महिना उच्च अदालतले सन् २०१८ मा प्रधानमन्त्री शेख हसिना सरकारले हटाएको आरक्षणलाई पुनर्स्थापित गरेपछि एक सातादेखि बंगलादेशमा प्रदर्शन चर्केको थियो । एक सय ३३ जनाको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।

आज भने बांगलादेशमा कुनै पनि हिंसात्मक गतिविधि भएका छैनन् । कर्फ्यू पनि खुकुलो बनाउने निर्णय गरिएको छ । प्रदर्शनकारीले भने अदालतको निर्णयलाई स्वागत गरे पनि पक्राउ परेकाको रिहाइ, कर्फ्यू फुकुवा र विश्वविद्यालय खोल्नुपर्ने माग गरेका छन् ।

प्रदर्शन चर्कँदै गएपछि त्यहाँ अध्ययनरत नेपाल, भारत, अमेरिका, भुटान लगायत अन्य मुलुकले आफ्ना विद्यार्थीको उद्धार थालेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement