बेलायतको हेयरहिल्सस्थित लक्सर स्ट्रिटमा भड्कियो हिंसा

सरकारी चाइल्ड केयरका कर्मचारीले बालबालिकालाई बलपूर्वक आमाबाबुबाट अलग राख्न खोजेको आरोप
श्रावण ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बेलायतको हेयरहिल्सस्थित लक्सर स्ट्रिटमा भड्कियो हिंसा

काठमाडौं । बेलायतमा हालै सम्पन्न संसदीय निर्वाचनपछि त्यहाँ पनि हिंसा भड्किएको छ ।

बेलायतको हेयरहिल्सस्थित लक्सर स्ट्रिटमा रहेको सरकारी चाइल्ड केयरका कर्मचारीले बच्चाहरुलाई जबरजस्ती आफ्नो संस्थामा राख्न खोजेको आरोप लगाउँदै हिंसा भड्किएको हो । आन्दोलनकारीहरुले प्रहरीको गाडीमा तोडफोड र धेरै ठाउँमा आगजनी गरेका छन् भने बसहरु जलाएका छन् ।

दी गार्डियन अखबारका अनुसार चाइल्ड केयर एजेन्सीका केही कर्मचारीले बालबालिकाहरूलाई हेयर हिल्सको लक्सर स्ट्रिटमा लगेपछि विरोध सुरु भएको हो । दंगा भड्किएपछि प्रहरीले नागरिकलाई घरभित्रै बस्न अपिल गरेको छ ।

हेयर हिल्समा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । अहिलेसम्म कुनै मानवीय क्षतिको खबर भने आएको छैन । यो अराजकता आपराधिक अल्पसंख्यक समूहले सिर्जना गरेको प्रहरीको आरोप छ । गृहमन्त्री यभेट कुपरले अशान्तिका दृश्य देखेर आफू स्तब्ध भएको बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.