गाजाका सहायता कर्मचारीमाथिको जोखिम सैह्य छैन : राष्ट्रसंघ

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजाका सहायता कर्मचारीमाथिको जोखिम सैह्य छैन : राष्ट्रसंघ

काठमाडौं । गाजामा मानवीय सहायतामा खटिएका कर्मचारीको जोखिम यथावत रहेकोमा संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै असह्य भएको भन्दै इजरायललाई चेतावनी दिएको छ ।

राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकार सम्मेलनमा मानवीय सहायतामा खटिएका कर्मचारीको जोखिम बढ्दै गएको स्पष्ट भइसकेको र अब असहनीय हुँदै गइरहेको भन्दै चेतावनी दिएका हुन् ।

प्रवक्ताले इजरायललाई सहायता समूहहरुसँग थप प्रभावकारी समन्वय गर्न, आवश्यक सुरक्षा उपकरण प्रदान गर्न, इजरायली सेनालाई गाजामा सहायता उपलब्ध गराउन दबाब समेत दिएका छन् ।

गाजामा सहायता हस्तान्तरण गर्न र मानवीय सहायतामा खटिएका राष्ट्रसंघीय कर्मचारीको कठिनाइबारे राष्ट्रसंघीय सुरक्षा निकायका प्रमुख र इजरायली सैन्य शाखाबीच वार्ता भएको समेत प्रवक्ता डुजारिकले जनाए ।

प्रवक्ताले सहायता बोकेका ट्रक गाजा भित्रिएपछि वितरणमा समस्या भइरहेको र सोही क्रममा कर्मचारीले जोखिम भोग्नु परेको भन्दै इजरायललाई त्यसतर्फ ध्यान दिन भनेका छन् ।

उनले आफूहरुले गाजा युद्धको विषयमा प्रत्येक दिन मूल्यांकन गरिरहेको र कसरी सुरक्षित तरिकाले सहायता उपलब्ध गराउन सक्छौं भन्ने विषयमा केन्द्रित रहेर कदम चालिरहेको स्पष्ट पारेका छन् ।

उता, इजरायलका तर्फबाट राष्ट्रसंघका लागि उपराजदूत जोजाथन मिलरले ८ महिनाको अवधिमा करिब ३६ हजार सहायता बोकेका ट्रकहरु प्रवेश गरेको दाबी गरेका छन् ।

यसैबीच, हिजो मात्र इजरायली सेनाले गाजाको खान युनिसलक्षित आक्रमण गर्दा ३२ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएका छ । इजरायली सेनाले करिब ५ शिविर लक्षित आक्रमण गर्दा ३२ जनाको मृत्यु हनुका साथै ६ जना घाइते भएको बताइएको छ ।

यस्तै, युद्धका कारण करिब ४ लाख ९५ हजार प्यालेस्टिनी नागरिक खाद्य अभाव भोगिरहेको र यसले अनिकाल निम्त्याएको ग्लोवल हङ्गर मोनिटरको तथ्यांकले देखाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement