गाजामाथिको आक्रमण दैनिक केही समयका लागि रोक्छौं : इजरायल

असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजामाथिको आक्रमण दैनिक केही समयका लागि रोक्छौं : इजरायल

काठमाडौं । इजरायली सेनाले अब दैनिक केही समयका लागि गाजामा गर्दै आएको आक्रमण अस्थायी रुपमा रोक्ने घोषणा गरेको छ ।

आठ महिनादेखि चलिरहेको युद्धले निम्त्याएको मानवीय संकट र भोकमरीलाई मध्यनजर गर्दै इजरायली सेनाले उक्त कदम चालेको हो । इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा मानवीय सहायता गाजा भित्रिन दिनका लागि दैनिक स्थानीय समयअनुसार बिहान ८ देखि बेलुका ७ बजेसम्म आक्रमण रोक्ने उल्लेख छ ।

संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता संगठनहरुसँगको छलफलपछि इजरायली सेनाले उक्त निर्णय लिएको हो । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयका अनुसार गाजामा करिब ९८ प्रतिशत बालबालिका सफा पानी पिउनबाट बञ्चित छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.