इक्वेडरमा पहिरो : ६ जनाको मृत्यु, १९ घाइते

असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
इक्वेडरमा पहिरो : ६ जनाको मृत्यु, १९ घाइते

काठमाडौं । इक्वेडरमा पहिरोमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । पहिरोमा परी करिब ३० जना बेपत्ता भएको इक्वेडरका अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

देशको बीच भाग बानोस डे अगुवा सान्ता सहरमा विनाशकारी पहिरो आएको जनाइएको छ । इक्वेडरका सार्वजनिक कार्य मन्त्री रोबर्टो लुकले पहिरो प्रभावित क्षेत्रमा भग्नावशेष हटाउनुका साथै उद्धार कार्य जारी राखेको बताएका छन् । उक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत हुनसमेत त्यहाँको सरकारले आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.