दक्षिण एसियाकै ठूलोमध्ये एक मानिने बैंककको चाटुचक बजारमा भिषण आगलागी

आगलागीबाट एक सयभन्दा बढी पसलमा क्षति
जेष्ठ २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
दक्षिण एसियाकै ठूलोमध्ये एक मानिने बैंककको चाटुचक बजारमा भिषण आगलागी

काठमाडौं । दक्षिण एसियाकै ठूलोमध्ये एक मानिने थाइल्याण्डको बैंककस्थित चाटुचक नामक बजारमा आज बिहान भिषण आगलागी भएको छ । आगलागीमा कम्तीमा एक हजार जनावर मरेका छन् भने एक सयभन्दा बढी पसलमा क्षति पुगेको छ ।

थाइ अधिकारीहरुले विद्युत् सर्ट भएर आगलागी भएको जनाएका छन् । आगलागीमा कुनै मानवीय क्षति नभए पनि चरा, कुकुर, बिरालो, सर्प, मुसाजस्ता जनावरहरु मरेको बताइएको छ । आगो लागेको करिब ३० मिनेटपछि नियन्त्रणमा आएको बताइएको छ ।

उक्त क्षेत्रमा कतिपय पसल सञ्चालक त्यही बसोबास गर्ने गरेको तर आगलागीका बेला त्यहाँ कति उपस्थित थिए भन्नेबारे कुनै यकिन तथ्यांक नरहेको बीबीसीले उल्लेख गरेको छ । सप्ताहन्तमा उक्त बजारमा करिब दुई लाख पर्यटक पुग्ने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.