काठमाडौं । भारत गुजरातको एक व्यापारिक मलमा भएको आगलागीमा २२ जनाको मृत्यु भएको छ ।
राजकोटस्थित टीआरपी मलको गेमिङ जोनमा आगलागी भएको हो । आगलागीमा परेकामध्ये अधिकांश बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ । शरीर जलेकाले मृतकहरुको पहिचान हुन नसकेको स्थानीय प्रहरीले जनाएको छ । घटनास्थलमा शनिबार रातिसम्मै उद्धारको काम चलिरहेको छ ।
आगलागीको कारण खुलेको छैन । गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले अनुसन्धानका लागि विशेष टोली बनाएको बताएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।