बेलायतमा समय अगावै आम निर्वाचनको मिति घोषणा

संसद् भङ्ग गर्ने तयारी
बेलायतबासीलाई पुनः भविष्य चुन्ने मौका रहेको प्रधानमन्त्री सुनकको भनाइ
जेष्ठ १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
बेलायतमा समय अगावै आम निर्वाचनको मिति घोषणा

काठमाडौं । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले समय अगावै आम निर्वाचनको मिति घोषणा गरेका छन् । उनले बुधबार डाउनिङ स्ट्रिटबाट अक्टोबर नोभेम्बरमा हुने भनिएको आम निर्वाचन ४ जुलाईमा हुने घोषणा गरेका हुन् ।

बेलायतमा अर्थतन्त्रमा केही सुधार देखिए पनि सुनकले आम निर्वाचनको मिति तय गर्नु सम्पूर्णका लागि आश्चर्यको विषय भएको बताइएको छ । सुनकले आम निर्वाचनको मितिको घोषणाबारे राजा चार्ल्सलाई जानकारी दिने र त्यसपछि संसद् भङ्ग गर्ने बताइएको छ । उनले संसद् भङ्ग गरेर आम निर्वाचनको तयारी जुट्ने बताएका हुन् ।

४४ वर्षीय सुनकले मतदाता समक्ष आफ्नो कार्यकालको रेकर्ड समेत सार्वजनिक गरे । साथै आफूले जनताका लागि बलियो सुरक्षा प्रदान गर्न प्रयासरत हुने आश्वासन समेत दिए । बेलायत बासीलाई आफ्नो भविष्य पुनः चुन्ने मौका आएको उहाँको दाबी थियो ।

सुनकलाई प्रधानमन्त्री बनाउन सफल भएको कन्सरभेटिभ पार्टी आफ्नो पाँचौ कार्यकालका लागि कम्मर कसेको छ भने लेबर पार्टीले पनि केही स्थानहरुमा आफ्नो पकड बलियो रहेको बताउँदै आएको छ । सन् १९४५ पछि पहिलो पटक यस वर्षको जुलाईमा निर्वाचनको मिति तय गरिएको बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.