अमेरिकाको ह्युस्टनमा आँधी : ४ जनाको मृत्यु

बिजुली काटिँदा सर्वसाधारण अन्धकारमा बस्न बाध्य
जेष्ठ ४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अमेरिकाको ह्युस्टनमा आँधी : ४ जनाको मृत्यु

वासिंटन । अमेरिकाको ह्युस्टनमा आज आएको आँधीका कारण चार जनाको मृत्यु भएको छ । हावाहुरीले निम्त्याएको आँधी १०० मिल प्रतिघण्टाको गतिले आएको जनाइएको छ ।

आज आएको आँधीले त्यहाँका भवनमा क्षति पुर्याएको जनाइएको छ । आठ लाख घरको बिजुली काटिँदा त्यहाँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएको समेत जनाइएको छ ।

ह्युस्टनका मेयर जन वाइटमोरले आवासीय क्षेत्र, व्यावसायिक भवन र विद्युत् आपूर्तिमा असर परेका कारण सचेत रहन स्थानीय बासिन्दालाई आग्रह गरेका छन् । मौसम विभागले आँधीका कारण आउने वर्षाले बाढीको जोखिमसमेत रहेको भन्दै नागरिकलाई सचेत गराएको छ ।



Enter Kantipur TV HD
Advertisement