डेनमार्कको ऐतिहासिक भवनमा आगलागी

वैशाख ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
डेनमार्कको ऐतिहासिक भवनमा आगलागी

काठमाडौं । डेनमार्कको राजधानी कोपनहेगनस्थित १७ औँ शताब्दीमा निर्मित ऐतिहासिक भवनमा मंगलबार आगलागी भएको छ । आगलागीमा भवनको ५६ मिटर अग्लो चारवटा ड्र्यागनको पुच्छर आकार भएको प्रतिष्ठित खम्बा जलेर नष्ट भएको बताइएको छ । 

आगलागीको कारण भने अहिलेसम्म थाहा भएको छैन । घटना भएलगत्तै प्रहरी, एम्बुलेन्स र स्वास्थ्यकर्मी घटनास्थल पुगेका थिए । आगलागीबाट कुनै मानवीय क्षतिको विवरण भने आएको छैन ।

डेनमार्कको पुरानो स्टक एक्सचेन्सको कार्यालय रहेको भवन कुनै बेला डेनमार्कको वित्तीय केन्द्रको समेत कार्यालय रहेको बताइएको छ । आगलागी भएको भवन पर्यटकहरुको मुख्य केन्द्र रहेको छ । डेनिस सञ्चारमाध्यमका अनुसार कोपेनहेगन सहरमा धुवाँको भारी बादल मडारिएपछि मानिसहरु उक्त भवन नजिक पुगेका थिए । 

धेरै मानिसहरु भवनभित्र पेन्टिङ सुरक्षित गर्न भित्र पसेका थिए । सञ्चारमाध्यमकाअनुसार आगोबाट जोगाउन संसद्को एक्स्टेन्सन खाली गराइएको थियो । उक्त घटनापछि कोपेनहेगनको मुख्य सडक बन्द गरिएको छ। कुनै गम्भीर अवस्था नआओस् भनेर केही समयका लागि उक्त क्षेत्र प्रहरी र उद्धार टोलीलाई जिम्मा लगाइएको छ । प्रहरीले जनतालाई सहयोग गर्न अपिल गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement