ताइवानमा भुकम्प, जापान र फिलिपिन्समा सुनामीको चेतावनी

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
ताइवानमा भुकम्प, जापान र फिलिपिन्समा सुनामीको चेतावनी

काठमाडौं । ताइवानको राजधानी ताइपेईमा ७ दशमलव २ म्याग्निच्युडको भुकम्पपछि जापान र फिलिपिन्सले सुनामीको चेतावनी जारी गरेका छन् ।

हुवालिएन केन्द्रविन्दु रहेको भुकम्पका कारण केही भवन ध्वस्त भएको ताइवानी सञ्चार माध्यमले जनाएका छन् । मानवीय क्षतिबारे भने विवरण आएको छैन । जापानको स्थानीय समय अनुसार आज बिहान ९ बजे भुकम्प गएको हो । ओकिनावा, मियाकोजिमा र याएयामा टापुका बासिन्दालाई अन्यत्र सर्न आग्रह गरिएको छ । जापानी अधिकारीका अनुसार सुनामीका कारण सामुद्रिक छाल ३ मिटरको उचाइसम्म जान सक्ने सम्भावना छ ।

ताइवानको आधिकारिक केन्द्रीय समाचार एजेन्सीका अनुसार आज बिहान गएको भूकम्प सन् १९९९ मा गएको ७ दशमलव ६ म्याग्निच्युडको भुकम्पपछिको सबैभन्दा ठूलो भूकम्प हो । सन् १९९९ को भूकम्पमा परी २ हजार ४ सय जनाको ज्यान गएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.