इराकमा ट्रकको ठक्करबाट ६ बालबालिकाको मृत्यु, १४ जना घाइते

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
इराकमा ट्रकको ठक्करबाट ६ बालबालिकाको मृत्यु, १४ जना घाइते

काठमाडौं । इराकको बस्रा सहरनजिक हर्थामा एक ट्रकले ठक्कर दिँदा ६ बालबालिकाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

बस्राका अधिकारीका अनुसार ट्रकको ब्रेक फेल भई चालकको नियन्त्रणबाहिर जाँदा उक्त दुर्घटना भएको हो । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको बस्रा स्वास्थ्य विभागले जनाएको छ । घटनाको तत्काल अनुसन्धान गर्न इराकी प्रधानमन्त्री मोहमद शिया अल सुडानीले निर्देशन दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.