इस्तानबुलस्थित एक नाइट क्लबमा आजलागी, २९ जनाको मृत्यु

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
इस्तानबुलस्थित एक नाइट क्लबमा आजलागी, २९ जनाको मृत्यु

काठमाडौं । टर्कीको इस्तानबुलस्थित एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २९ जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मर्मत कार्य हुँदै गरेको बेला उक्त १६ तल्ले भवनको तल्लो तलामा आगलागी भएको हो । घटनाको छानविन भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् । 

नाइट क्लबको व्यवस्थापन लगायत मर्मत कार्यको जिम्मेवारी लिएका गरी ५ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको टर्कीको राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । आगलागी नियन्त्रण गर्न २० वटा दमकल खटाइएको थियो । उक्त नाइट क्लब रमादानको समय पारी मर्मत गरिँदै थियो र मार्च १० देखि अप्रिल १० सम्म मर्मतकै लागि भनी बन्द गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.