इजरायली हवाई आक्रमणबाट वर्ल्ड सेन्ट्रल किचेनका कम्तीमा ५ कर्मचारीको मृत्यु

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायली हवाई आक्रमणबाट वर्ल्ड सेन्ट्रल किचेनका कम्तीमा ५ कर्मचारीको मृत्यु

काठमाडौं । इजरायलले गाजामा गरेको पछिल्लो हवाई आक्रमणमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था- वर्ल्ड सेन्ट्रल किचेनका कम्तीमा पाँच कर्मचारीको मृत्यु भएको छ ।

हमासद्वारा सञ्चालित गाजा सरकारको सञ्चार कार्यालयका प्रवक्ताका अनुसार मृत्यु हुनेमा पोल्यान्ड, अस्ट्रेलिया, बेलायत र एक प्यालेस्टिनी नागरिक रहेका छन् । इजरायलले उक्ता घटनाप्रति दुःख व्यक्त गर्दै विस्तृत विश्लेषण गरिरहेको बताएको छ । 

वर्ल्ड सेन्ट्रल किचेनले खाद्य अभाव झेलिरहेकाहरुलाई खाद्यान्न र तयारी खाजा उपलब्ध गराउँछ। वर्ल्ड किचनले गत महिना जारी गरेको  विज्ञप्तिमा पछिल्ला १ सय ७५ दिनमा चार करोड २० लाख खाजा उपलब्ध गराएको जनाइएको छ । हेइटीमा भएको भयानक भूकम्पपछि पीडितहरूका लागि खाद्यान्न र भान्छे पठाएर शेफ होजे एन्ड्रेसले सन् २०१० मा वर्ल्ड सेन्ट्रल किचेन प्रारम्भ गरेका थिए ।  

स्थापनायता सो संस्थाले प्राकृतिक प्रकोपबाट प्रभावित समुदाय, अमेरिकी सीमामा रहेका आप्रवासी, कोरोना महामारीका बेला स्वास्थ्यकर्मी तथा युक्रेन र गाजामा युद्ध पीडितहरूलाई खाद्यान्न र तयारी खाजा उपलब्ध गराउँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.