इस्तानबुल र अङ्करासँगै अन्य मुख्य सहरहरूमा टर्कीको प्रमुख विपक्षी दलको चुनावी जित

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
इस्तानबुल र अङ्करासँगै अन्य मुख्य सहरहरूमा टर्कीको प्रमुख विपक्षी दलको चुनावी जित

काठमाडौं । टर्कीको प्रमुख विपक्षी दलले इस्तानबुल र अङ्करासँगै अन्य मुख्य सहरहरूमा चुनावी जित हात पारेको छ । मेयरमा विपक्षी पार्टीको यो जितलाई एक वर्ष अगाडी मात्र तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित रिसेप तैइयप अर्डोआनका लागि ठूलो धक्काका रूपमा हेरिएको छ ।

इस्तानबुलमा २०१९ मा पहिलो पटक निर्वाचित धर्म निरपेक्ष पार्टी सी एच् पीका मेयर एक्रेम इमामोग्लु पुनः निर्वाचित भएका हुन् । आफ्नो पार्टीको हार पछि अर्डोआनले एक करोड ६० लाख जनसंख्या रहेको टर्कीको ठूलो सहर इस्तानबुलमा नयाँ युगको वाचा गरेका छन् । मेयरमा इमामोग्लुले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्ने पक्का  हुँदा राष्ट्रपति अर्डोआनको ए के पार्टीका उम्मेदवार १० अङ्क पछाडि रहेका छन् । 

२१ वर्ष अघि अर्डोआन राष्ट्रपति भएदेखि उनको पार्टी देशैभर हारेको यो पहिलो पटक हो । राजधानी अङ्करामा विपक्षी मेयर मन्सुर याभास आफ्नो प्रतिद्वन्द्वी भन्दा ५९ प्रतिशत मत अगाडी रहँदा आधा भन्दा बढी मत गणना हुनु अगाडिनै आफ्नो जित घोषणा गरेका थिए । 

देशै भरका समर्थकहरू मुख्य सडकहरू बन्द गर्दै टर्कीको झन्डा फहराउँदै आफ्ना उम्मेदवारहरूको जितको खुसीयाली मनाइरहेका छन् । सी एच् पी टर्कीका अन्य मुख्य सहरहरु इज्मिर र बर्सा अनि अडाना र प्रख्यात रिजर्ट सहर अन्टल्यामा पनि जित नजिक रहेको छ । 

७० वर्षीय राष्ट्रपति अर्डोआनले चुनाव आफूले सोचे अनुसार नगएको स्वीकार गरेका छन् भने पार्टीको हार पार्टीका लागि अन्त्य नभई एक फड्को मार्ने अवसर रहेको बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.