सिरिया र लेबनानमा इजरायलको हवाई हमला, ४४ जनाको मृत्यु

चैत्र १७, २०८० |अन्तर्राष्ट्रिय ब्युरो
सिरिया र लेबनानमा इजरायलको हवाई हमला, ४४ जनाको मृत्यु

काठमाडौं । सिरिया र लेबनानमा इजरायलले अहिलेसम्मको ठूलो हवाई हमला गरेको छ । शुक्रबार भएको आक्रमणमा ३६ सैनिकसहित ४४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियाको एलेप्पो प्रान्तमा भएको आक्रमणमा ४३ जनाको मृत्यु भएको छ । लेबनानको बाजौरिया क्षेत्रमा लेबनानी हिजबुल्लाहका वरिष्ठ कमान्डर मारिएका छन् । गाजासँगको युद्धमा इरानले हमासको समर्थन गरेको भन्दै इजरायलले सिरिया र लेबनानी हजबुल्लाह लडाकुमाथिको आक्रमण तीव्र पारेको हो ।

उक्त हमलालाई रुसले सिरियाको सम्प्रभुतामाथिको उल्लंघन भएको भन्दै इजरायलको निन्दा गरेको छ ।