इजरायलको आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३० हजार नाघ्यो

फाल्गुन १७, २०८०
इजरायलको आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३० हजार नाघ्यो

तेल अबिब । इजरायलको आक्रमणमा परी गाजामा मारिने प्यालेस्टिनीको संख्या ३० हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले गाजाका पाँच लाखभन्दा बढी बासिन्दा भोकमरीको संघारमा पुगेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

यसैबीच अमेरिकाले गाजामा हवाईमाध्यमबाट सहायता सामग्री खसाल्नेबारे विचार गरिरहेको अमेरिकी अधिकारीहरुले बताएको सीएनएनले जनाएको छ । उता प्यालेस्टिनी प्राधिकरणका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले यही सोमबार राजीनामा दिएपछि त्यहाँ नयाँ सरकार गठन गर्नेबारे छलफल गर्न प्यालेस्टिनी समूहहरु मस्कोमा भेला हुन लागेको समाचारमा जनाइएको छ ।

हमासले भने सो भेलामा आफ्नो सहभागिताको पुष्टि गरिसकेको छैन । यद्यपि रुसी अधिकारीहरुले भने सबै पक्ष भेलामा सहभागी हुने दाबी गरेको छ ।