मालीमा बस दुर्घटना हुँदा कम्तीमा ३१ जनाको मृत्यु

फाल्गुन १६, २०८० |कान्तिपुर टीभी संवाददाता
मालीमा बस दुर्घटना हुँदा कम्तीमा ३१ जनाको मृत्यु

काठमाडौं । मालीमा बस दुर्घटना हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

मालीको दक्षिणपश्चिमी सहर केनैबाबाट पूर्वी छिमेकी देश बुर्किना फासोतर्फ जाँदै गरेको बस बागो नदीको पुलमा दुर्घटनामा परेको हो । चालकले नियन्त्रणमा लिन नसक्दा बस दुर्घटना भएको त्यहाँको यातायात मन्त्रालयले जनाएको छ ।

गत महिना राजधानी बामाकोमा एउटा बस ट्रकसँग ठोक्किँदा पन्ध्र जनाको मृत्यु भएको थियो भने छयालीस जना घाइते भएका थिए । सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु चढाउने, कमजोर नियमन तथा खराब सडक र सवारी साधनका कारण अफ्रिकामा बारम्बार सवारी दुर्घटना हुने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.