सरकारले तोकेको कृषि उत्पादनको समर्थन मूल्य भारतीय किसानले गरे अस्वीकार

२३ प्रकारका उत्पादनमा कानुनबाटै उच्च मूल्य निश्चित गर्न माग
फाल्गुन ८, २०८० |कान्तिपुर टीभी संवाददाता
सरकारले तोकेको कृषि उत्पादनको समर्थन मूल्य भारतीय किसानले गरे अस्वीकार

काठमाडौं । आन्दोलनरत भारतीय किसानका संगठनहरुले केन्द्रीय सरकारले गरेको न्यूनतम समर्थन मूल्यको प्रस्तावलाई अस्वीकार गरेका छन् ।

सरकार र किसान संगठनका प्रतिनिधिबीच हिजो भएको चौथो चरणको वार्तामा केन्द्रीय सरकारका वाणिज्यमन्त्री पियूष गोयलले दाल, मकै र कपासमा सहकारीमार्फत समर्थन मूल्यको जमानी बस्ने प्रस्ताव राखेका थिए । तर किसानहरुले भने २३ प्रकारका उत्पादनमा कानुनबाटै उच्च मूल्य निर्धारण गर्न माग राखेका छन् ।

सरकारी प्रस्तावप्रति असन्तुष्ट किसानहरुले दिल्ली चलो अन्दोलन भोलिदेखि पुनः थाल्ने घोषणा गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.