पाकिस्तानमा नयाँ सरकार गठनका लागि दलहरुबीच छलफल तीव्र

शक्ति बाँडफाँटमा शरिफ र जरदारीका आ-आफ्नै सर्त
फाल्गुन १, २०८० |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानमा नयाँ सरकार गठनका लागि दलहरुबीच छलफल तीव्र

काठमाडौं । पाकिस्तानमा आम निर्वाचनको मत परिणाम सार्वजनिक भएको तीन दिन बितिसक्दा पनि नयाँ सरकारको खाका तयार हुन सकेको छैन ।

कुनै पनि दलले बहुमत नपाएपछि पाकिस्तानमा मिलिजुली सरकार बनाउनुपर्ने छ । मलिजुली सरकार बनाउने विषयमा पाकिस्तान मुस्लिम लिग-नवाज र पाकिस्तान पिपल्स् पार्टीका शीर्ष नेतृत्वहरुबीच छलफल भए पनि सहमति जुटिसकेको छैन । 

शक्ति बाँडफाँटमा दुवैका आ-आफ्नै सर्त रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पाकिस्तान मुस्लिम लिग नवाजका अध्यक्ष नवाफ शरिफ र पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष विलावाल भुट्टो जरदारीबीच कार्यकाल बाँड्ने विषयमा छलफल भए पनि सहमति भएको छैन । 

नेसनल एसेम्ब्लीका २ सय ६६ सिटका लागि गत साता चुनाव भएको थियो । त्यसमध्ये २ सय ६४ सिटको मत परिणाम सार्वजनिक हुँदा पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तेहरिक ए इन्साफका अध्यक्ष इमरान खान समर्थित १ सय १ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

त्यस्तै नवाज नेतृत्वको पार्टीका ७५ र जरदारी नेतृत्वको पार्टीका ५४ जना नेसनल एसेम्ब्लीमा चुनिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.