इजरायलसँग युद्धविरामको पहलका लागि प्यालेस्टाइनका राष्ट्रपति अब्बास कतारमा

युद्ध रोक्न इजरायलमाथि अमेरिकी दबाब
फाल्गुन १, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायलसँग युद्धविरामको पहलका लागि प्यालेस्टाइनका राष्ट्रपति अब्बास कतारमा

काठमाडौं । गाजा दक्षिणी सहर रफाहमा इजरायलले सैन्य कारबाही थालेपछि अमेरिका तथा युरोपेली मुलुकसँगै प्यालेस्टाइन र उसका मित्र देशहरूले कूटनीतिक सक्रियता बढाएका छन् ।

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडन र जोर्डनका राजा अब्दुल्लाहबीच कुराकानी भएको छ । उनीहरुबीच रफाहमा इजरायलको सैन्य कारबाहीले निम्त्याएको चुनौतीका बारेमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ । 

बाइडनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो सल्लाह नमानेकोमा असन्तुष्टि जनाएको पनि समाचारमा जनाइएको छ । बाइडनले गाजा क्षेत्रमा रहेका बन्धकलाई मुक्त गर्न र मानवीय सहायता बढाउन चाहेको पनि अब्दुल्लाहसँगको भेटमा बताएका थिए ।

अमेरिकी विदेश मन्त्रालयले यसअघि नै सर्वसाधारण प्रभावित नहुने कुनै विश्वसनीय योजनाबिना इजरायलको रफाह सैन्य कारबाहीलाई समर्थन नगर्ने बताएको थियो । त्यसैगरी डच प्रधानमन्त्री मार्क रुटले हिजो प्यालेस्टिनी समकक्षी मोहम्मद शथाय्येहसँग यही विषयमा कुरा गरेका थिए । 

प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासले हिजो नै दोहामा कतारका अमिरसँग भेट गरे । कतारले इजरायल र हमासबीच संघर्षविरामका  लागि मध्यस्थता गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.