मुख्यमन्त्री नीतिश कुमारले पाए बिहार विधानसभाबाट विश्वासको मत

सभामुख चौधरीविरुद्ध अविश्वासको प्रस्ताव पनि पारित
माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
मुख्यमन्त्री नीतिश कुमारले पाए बिहार विधानसभाबाट विश्वासको मत

काठमाडौं । भारतीय जनता पार्टीको समर्थनमा नवौंपटक बिहारको मुख्यमन्त्री बनेका नीतिश कुमारले आज बिहार विधान सभामा विश्वासको मत लिएका छन् ।

२४३ सदस्यीय विधानसभामा एनडीएका १२८ विधायक छन् । जुन बहुमतका लागि आवश्यकभन्दा ६ जना बढी हो । कांग्रेस तथा राष्ट्रिय जनता दलसहितको महागठबन्धनमा भने ११४ विधायक छन् ।

यसैबीच, बिहार विधानसभाका सभामुख अवध बिहारी चौधरीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ । आज भएको मतदानमा अविश्वासको प्रस्तावको पक्षमा १२५ मत परेको थियो भने विपक्षमा ११२ मत परेको थियो । चौधरी विपक्षी महागठबन्धन अन्तर्गतको राष्ट्रिय जनता दलका सांसद हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.