भाजपाको समर्थनमा नवौं पटक मुख्यमन्त्री बनेका नीतिश कुमारले आज विश्वासको मत लिने

सभामुख चौधरीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी
माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
भाजपाको समर्थनमा नवौं पटक मुख्यमन्त्री बनेका नीतिश कुमारले आज विश्वासको मत लिने

काठमाडौं । भारतीय जनता पार्टीको समर्थनमा नवौं पटक बिहारको मुख्यमन्त्री बनेका नीतिश कुमारले आज बिहार विधान सभामा विश्वासको मत लिँदैछन् ।

दुई सय ४३ सदस्यीय विधानसभामा एनडीएका एक सय २८ विधायक छन्, जुन बहुमतका लागि आवश्यकभन्दा ६ जना बढी हो ।

विधान सभाको कार्यतालिका अनुसार आजै बजेटसत्र पछि सभामुख अवध बिहारी चौधरीविरुद्ध अविश्वासको मत प्रस्ताव गरिनेछ । चौधरी राष्ट्रिय जनता दलका सांसद हुन् भने उनले भाजपा र जनता दल युनाइटेडको राजीनामा मागलाई अस्वीकार गर्दै आएका छन् । तर, उनले उक्त प्रस्ताव पेस हुनुअघि नै राजीनामा दिने बताइएको छ ।

आरजेडीले सभामुख चौधरीविरुद्ध अविश्वासको प्रस्ताव पारित गर्नुपूर्व नीतिश कुमारले बहुमत सिद्ध गर्नुपर्ने अडान लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.