गाजाको रफाह क्षेत्रमा इजरायलको सैन्य कारबाही योजनाप्रति कतार, साउदी अरब र इजिप्टको आपत्ति

विनाश निम्तिने चेतावनी
बेलायत र अमेरिकाको पनि चासो
माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
गाजाको रफाह क्षेत्रमा इजरायलको सैन्य कारबाही योजनाप्रति कतार, साउदी अरब र इजिप्टको आपत्ति

काठमाडौं । गाजाको दक्षिणी सहर रफाहमा इजरायलले गर्न खोजेको सैन्य कारबाहीप्रति विभिन्न देशले चासो व्यक्त गरेका छन् ।

कतार, साउदी अरब र इजिप्टले रफाहमा इजरायलले सैन्य कारबाही गरे विनाश निम्तिने चेतावनी दिएका छन् । 

हमास सशस्त्र समूहले रफाहमा सैन्य कारबाही भए बन्धक रिहाइ सम्झौता अन्त्य हुने प्रतिक्रिया दिएको छ । अक्टोबर सातदेखि जारी इजरायल र हमासबीचको युद्धबाट विस्थापित तथा घाइते प्यालेस्टिनीहरुले रफाहमा आश्रय लिइरहेका छन् । अन्तर्राष्ट्रिय संघसंघठन र अधिकारकर्मीले पनि उक्त क्षेत्रमा इजरायलको सैन्य कारबाही सञ्चालन भए विनाश भोग्नु पर्ने चेतावनी दिएका छन् । 

अमेरिकी राष्ट्रपति जो बाइडनले रफाहमा इजरायलले गर्ने कारबाहीमा सर्वसाधारणले क्षति भोग्नु नपर्ने विश्वसनीय आधार खोजेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने एक टेलिभिजनलाई टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जान अनुमति दिने वाचा गरेका छन् । 

अल जजिराका अनुसार गत चौबीस घण्टामा इजरायली कारबाहीमा कम्तीमा एक सय बाह्र प्यालेस्टिनी मारिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.